तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आर्जेन्टिना र स्पेनबीच विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा हुने
अघिल्लो विश्वकपको विजेता आर्जेन्टिन यसपालि पनि विश्वकपको फाइनलमा पुगेको छ। इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गरेको लिओनेल मेस्सीको टोलीले अब फाइनलमा स्पेनसँग खेल्ने छ।
साठी वर्षपछि फेरि एक पटक विश्वकपको फाइनलमा पुग्ने इङ्ग्ल्यान्डको आशा भने पूरा हुन सकेन। पहिलो हाफमा कुनै गोल हुन नसकेको खेलमा दोस्रो हाफको आरम्भमै इङ्ग्ल्यान्डका एन्थनी गोर्डनले ५५औँ मिनेटमा पहिलो गोल गरेका थिए।
तर खेलका अन्तिम क्षणहरूमा आर्जेन्टिनाले सशक्त प्रतिवाद गर्दै दुई गोल गरेको थियो। एन्जो फेर्नान्डेजले ८५औँ मिनेटमा अनि लाउतारो मार्तिनेजले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै आर्जेन्टिनालाई जिताए।
यसअघि जारी विश्वकपको पहिलो सेमिफाइनलमा स्पेनले सानदार प्रदर्शन गर्दै उपाधिको दाबेदार मानिएको फ्रान्सलाई २-० ले पराजित गरिदिएको थियो।
फाइनल खेल नेपाली समयानुसार अब आइतवार मध्यरातपछि हुने छ।
आर्जेन्टिनाले यसअघि तीन पटक विश्वकप उपाधि जितिसकेको छ। उसले सन् १९७८, सन् १९८६ र सन् २०२२ मा उपाधि जितेको थियो।
सन् २०१०मा पहिलो पटक विश्वकप जितेको स्पेनका निम्ति चाहिँ यो उपाधिको निम्ति दोस्रो प्रतिस्पर्धा हुने छ।
यसपालि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गरेका हुन्।
यो सामग्रीमा हामीले यो प्रतियोगिताको समूह विभाजन, समयतालिका र खेल आयोजना भएका रङ्गशालासहितको विवरण उपलब्ध गराएका छौँ। यहाँ खेलहरूको ताजा परिणाम र भिन्न समूहमा रहेका टोलीहरूले प्राप्त गरेको अङ्क तत्काल अद्यावधिक हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।