तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चितुवाको आक्रमणबाट बल्लतल्ल बचे पसलका कर्मचारी
भारतको राजस्थानस्थित टोङ्कमा एउटा चितुवाले आक्रमण गर्दा मदिरा पसलका कर्मचारी बल्लतल्ल बचेका छन्।
एउटा चितुवा मदिरा पसलभित्र पसेर त्यहाँका एक कामदारलाई आक्रमण गरेको थियो। त्यसअघि उसले त्यहाँभित्र अर्को कर्मचारीलाई पनि घाइते बनाएको थियो।
तर दुवै जना उम्किए अनि अरूले पसल बन्द गर्न सघाए।
पछि यो जनावरलाई बेहोस बनाइयो र समातियो। यसका लागि पाँच घण्टा लागेको थियो।
पछि यसलाई जङ्गलमै छाडिएको अधिकारीहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।